काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ५९१.५६ विन्दुमा पुगेको हो ।
आज ३२७ स्क्रिप्टको ९३ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर ४ अर्ब ८६ करोड रुपैयाँमा कारोबार भयो।एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा सूचीकृत १३ समूहमध्ये पाँच समूहमा गिरावट देखियो। हाईड्रोपावर समूहमा १.६७ प्रतिशतको उच्च वृद्धि भयो भने वित्त समूहमा १.०४ प्रतिशतको गिरावटले लगानीकर्ताको चासो खिच्यो।
जानकी फाइनान्सको १९ करोड ९ लाख रुपैयाँको कारोबारले आज सर्वाधिक चर्चा पायो। यसैगरी, रिभर फल्स पावर, रसुवागढी हाईड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल फाइनान्सले पनि उल्लेखनीय कारोबार गरे।
अपर सर्किट हिट गर्ने कम्पनीहरूमा उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत र ग्रिन भेन्चर परे। दोल्ती पावर र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि क्रमशः ९.४४ प्रतिशत र ९.२४ प्रतिशतले बढ्यो। तर, नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, र जानकी फाइनान्स जस्ता कम्पनीको सेयरमूल्य क्रमशः ८.८८ प्रतिशत, ६.८५ प्रतिशत, र ६.३९ प्रतिशतले घट्यो।
प्रतिक्रिया