काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार सुधार देखिएको छ। आज नेप्से ६.५३ अंकले बढेर २,६५३.३८ विन्दुमा पुगेको हो । साताको चौथो दिनको कारोबारमा ३०५ कम्पनीका १.५५ करोड कित्ता सेयर ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको छ। बलिया कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले बढेर ४५१.५० विन्दुमा पुगेको छ।
आज नेप्सेका १३ समूहहरूमध्ये ६ समूहमा हरियाली देखियो। फाइनान्स समूह ४.७७ प्रतिशतले अगाडि बढ्यो भने विकास बैंक समूह २.५३ प्रतिशतले वृद्धि भएको छ। यस्तै, हाइड्रो, जीवन बीमा, उत्पादन तथा प्रशोधन, र लघुवित्त समूहले पनि सकारात्मक प्रदर्शन गरे। तर, व्यापार समूह १.५६ प्रतिशतले घट्दा बैंकिङ, होटल, म्युचुअल फन्ड, र अन्य समूहमा सामान्य गिरावट देखियो।
अधिक सेयर कारोबार गर्ने कम्पनीहरूमा न्यादी हाईड्रो अगाडि रह्यो, जसको २२ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। यसलाई सिन्धु विकास बैंक, सुपर मादी हाईड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर, र नेपाल फाइनान्सले पछ्याए।
सेयर मूल्य वृद्धिमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, चिरख्वा हाईड्रो, र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा अपर सर्किट लाग्यो। तर, सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्दा, बाराही हाईड्रो, त्रिशुली जलविद्युत्, र दोल्ती पावर पनि गिरावटमा परे।
लेखकको बारेमा

प्रतिक्रिया