काठमाडौं – ङादी ग्रुप पावर लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलाम विक्री खुला गरेको छ। कम्पनीले यसअघि १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गरे पनि सम्पूर्ण शेयर बिक्री नभएकाले बाँकी रहेको शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
कति कित्ता शेयर लिलामी हुँदैछ?
कम्पनीले ८ लाख ७३ हजार ६१.२२५ कित्ता हकप्रद शेयर लिलाममार्फत बिक्री गर्नेछ।
बोलपत्र पेश गर्ने समयसीमा र न्यूनतम मूल्य
- इच्छुक लगानीकर्ताले फागुन २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।
- शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।
- लगानीकर्ताले १०० रुपैयाँ वा सोभन्दा बढी अंकित मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
बोलपत्र पेश गर्दा न्यूनतम र अधिकतम आवेदन सीमा
- न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।
- सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।
कहाँबाट आवेदन दिन सकिन्छ?
ङादी ग्रुप पावरको लिलामी शेयरको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिद्धार्थ क्यापिटलको कार्यालय तथा सिद्धार्थ बैंकका विभिन्न शाखाहरूबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।
शाखाहरू: विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर।
लगानीकर्ताहरूका लागि यस लिलामीले आकर्षक मूल्यमा कम्पनीको शेयर प्राप्त गर्ने अवसर प्रदान गर्नेछ भने कम्पनीका लागि थप पूँजी संकलनको महत्वपूर्ण माध्यम बन्नेछ।
प्रतिक्रिया