काठमाडौँ । एक हप्तामा नेपाली शेयर बजारबाट करिब खर्बाै रकम बाहिरीयको छ । अर्थात नेपाली शेयर बजारको पुजीँकरणमा ९३ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ गिरावट आएको हो ।
गत हप्ताको अन्तिम कारोबार बिहीबार नेपाली सेयर बजारको पुजीँकरण ३७ अर्ब ५ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थियो । एक हप्ताको कारोबारपश्चता यो हप्ताको अन्तिम कारोबार दिन बिहीबार बजार पुजीँकरण ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा नेप्से सूचकमा पनि करिब ७० अंकको गिरावट आएको छ ।
गत बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २६१३.६७ बिन्दूमा कायम रहेको थियो भने यो हप्ताको अन्तिम कारोबार नेप्से परिसूचक २५४४.३० बिन्दूमा कायम भएको छ । यो गत बिहिबारको तुलनामा ६९.३७ अंक कम हो ।
प्रतिक्रिया