काठमाडौं । आज देखि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बिक्रि खुला भएको छ ।
कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन बिक्रि खुला गरेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।
कम्पनीको आईपीओ ३६ हजार ९४८ जना सर्वसाधारणले १०र१० कित्ता सेयर हात पार्नेछन् भने यीमध्ये भाग्यमानी ८ जनाले थप १र१ कित्ता सेयर प्राप्त गर्ने देखिएको छ ।
कम्पनीको आईपीओमा छिटोमा २०७९ वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त आईपीओ न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया