काठमाडौँ। दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन २९ गते अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेका कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन २९ गते अन्तिम दिन हो ।
कृषि विकास बैंकले चैत्र १४ गते भक्तपुरको बोडे स्थिति बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
त्यस्तै स्वरोजगार लघुवित्तले चैत्र ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८७९ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र १.१५७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
प्रतिक्रिया