वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी धनवृद्धि योजना भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक

अर्थलगानी
२०८० आश्विन १०, बुधबार

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी साउन महीनाको तुलनामा भदौ महीनामा वृद्धि भएको छ ।

साउन मसान्तमा फण्डको नोक्सानी २ करोड ७९ लाख रहेकोमा भदौ मसान्तमा बढेर ४ करोड भन्दा बढी पुगेको छ । भदौ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । साउन मसान्तमा फण्डको जम्मा खर्च २२ लाख ९८ हजार रहेकोमा भदौ मसान्तमा बढेर ४२ लाख ३६ हजार पुगेको छ । त्यस्तै भदौ महीनामा फण्डको जम्मा आम्दानी ३ करोड ६५ लाख ऋणात्मक रहेको छ ।

फण्डको न्याभ पनि साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ८७ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ १९ पैसा कायम भएको हो ।
यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा ७५ करोड ५४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने ७६ करोड भन्दा बढी थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजनाले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी साउन महीनाको तुलनामा भदौ महीनामा वृद्धि भएको छ । साउन मसान्तमा फण्डको नोक्सानी २ करोड ७९ लाख रहेकोमा भदौ मसान्तमा बढेर ४ करोड भन्दा बढी पुगेको छ । भदौ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । साउन मसान्तमा फण्डको जम्मा खर्च २२ लाख ९८ हजार रहेकोमा भदौ मसान्तमा बढेर ४२ लाख ३६ हजार पुगेको छ । त्यस्तै भदौ महीनामा फण्डको जम्मा आम्दानी ३ करोड ६५ लाख ऋणात्मक रहेको छ । फण्डको न्याभ पनि साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ८७ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ १९ पैसा कायम भएको हो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा ७५ करोड ५४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने ७६ करोड भन्दा बढी थियो ।