वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भदौ महीनामा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चारओटै फण्ड नोक्सानीमा, अन्य सूचक कस्ता ?

अर्थलगानी
२०८० आश्विन १२, शुक्रबार

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ ब्यवस्थित लगानी योजना र सिद्धार्थ इक्वीटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण यी चारओटै फण्ड भदौ मसान्तमा नोक्सानीमा रहेका छन् । साउन महीनामा पनि यी फण्डहरु नोक्सानीमा थिए । साउनको तुलनामा यी फण्डको नोक्सानी भदौमा बढेको छ । सिद्धार्थ इक्वीटी फण्ड साउन मसान्तमा २ करोड ८६ लाख नोक्सानीमा रहेकोमा भदौ महीनामा बढेर ६ करोड २२ लाख पुगेको हो ।

त्यस्तै सिद्धार्थ ब्यवस्थित लगानी योजना साउन मसान्तमा १७ लाख २९ हजार नोक्सानी ब्यहोरेकोमा भदौ महीनामा बढेर ८० लाख भन्दा बढी पुगेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ साउन मसान्तसम्ममा २ करोड ७३ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर ५ करोड ४९ लाख पुगेको हो । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ साउन मसान्तसम्ममा ३५ लाख ४४ हजार नोक्सानीमा रहेकोमा भदौ महीनामा बढेर १ करोड ५७ लाख पुगेको हो । भदौ महीनामा यी चारओटै फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानीमा देखिएका हुन ।

यी फण्डहरुको न्याभ पनि घटेको छ । सिद्धार्थ इन्भेटमेन्ट ग्रोथ स्किम ३ को न्याभ साउन मसान्तमा १० रुपैयाँ २७ पैसा रहेकोमा भदौ मसान्तमा घटेर १० रुपैयाँ १२ पैसा कायम भएको हो । त्यस्तै सिद्धार्थ इक्वीटी फण्डको न्याभ पनि साउन मसान्तमा १० रुपैयाँ ३४ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ६२ पैसामा झरेको हो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा १ अर्ब १३ करोड भन्दा बढी लगानी गरेको छ ।

त्यस्तै सिद्धार्थ ब्यवस्थित लगानी योजनाले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा २९ करोड ६२ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने २८ करोड ५४ लाख थियो । यस फण्डको न्याभ साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९६ पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ८३ पैसा कायम भएको हो ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ४७ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५९ पैसामा झरेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा ९३ करोड १६ लाख लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा ४२ करोड ३४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा ४० करोड ७७ लाख थियो । यस फण्डको न्याभ भदौ मसान्तमा रू। १० रुपैयाँ १२ पैसा कायम भएको छ । साउन मसान्तमा भने फण्डको न्याभ १० रुपैयाँ २७ पैसा थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ ब्यवस्थित लगानी योजना र सिद्धार्थ इक्वीटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण यी चारओटै फण्ड भदौ मसान्तमा नोक्सानीमा रहेका छन् । साउन महीनामा पनि यी फण्डहरु नोक्सानीमा थिए । साउनको तुलनामा यी फण्डको नोक्सानी भदौमा बढेको छ । सिद्धार्थ इक्वीटी फण्ड साउन मसान्तमा २ करोड ८६ लाख नोक्सानीमा रहेकोमा भदौ महीनामा बढेर ६ करोड २२ लाख पुगेको हो । त्यस्तै सिद्धार्थ ब्यवस्थित लगानी योजना साउन मसान्तमा १७ लाख २९ हजार नोक्सानी ब्यहोरेकोमा भदौ महीनामा बढेर ८० लाख भन्दा बढी पुगेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ साउन मसान्तसम्ममा २ करोड ७३ लाख नोक्सानीमा रहेकोमा भदौ मसान्तमा बढेर ५ करोड ४९ लाख पुगेको हो । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ साउन मसान्तसम्ममा ३५ लाख ४४ हजार नोक्सानीमा रहेकोमा भदौ महीनामा बढेर १ करोड ५७ लाख पुगेको हो । भदौ महीनामा यी चारओटै फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानीमा देखिएका हुन । यी फण्डहरुको न्याभ पनि घटेको छ । सिद्धार्थ इन्भेटमेन्ट ग्रोथ स्किम ३ को न्याभ साउन मसान्तमा १० रुपैयाँ २७ पैसा रहेकोमा भदौ मसान्तमा घटेर १० रुपैयाँ १२ पैसा कायम भएको हो । त्यस्तै सिद्धार्थ इक्वीटी फण्डको न्याभ पनि साउन मसान्तमा १० रुपैयाँ ३४ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ६२ पैसामा झरेको हो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा १ अर्ब १३ करोड भन्दा बढी लगानी गरेको छ । त्यस्तै सिद्धार्थ ब्यवस्थित लगानी योजनाले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा २९ करोड ६२ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने २८ करोड ५४ लाख थियो । यस फण्डको न्याभ साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ ८ रुपैयाँ ९६ पैसा रहेकोमा भदौ मसान्तमा ८ रुपैयाँ ८३ पैसा कायम भएको हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को न्याभ साउन मसान्तमा १० रुपैयाँ ४७ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ५९ पैसामा झरेको छ । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा ९३ करोड १६ लाख लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा ४२ करोड ३४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा ४० करोड ७७ लाख थियो । यस फण्डको न्याभ भदौ मसान्तमा रू। १० रुपैयाँ १२ पैसा कायम भएको छ । साउन मसान्तमा भने फण्डको न्याभ १० रुपैयाँ २७ पैसा थियो ।