काठमाडौँ। एनआईसी एशिया बैंक र एभरेष्ट बैंक लिमिटेडको लाभांशको हकदार बन्ने आज अन्तिम दिन रहेको छ। यी दुई बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भाली अर्थात असोज १६ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म शेयर खदिर गर्ने शेयरधनि मात्रै लाभांशको हकदार रहन्छ।
एनआईसी एशियाले असोज २८ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली–काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
एभरेष्ट बैंकले भने असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
प्रतिक्रिया