काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले असार १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया