वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थलगानी
२०८१ माघ २९, मंगलवार

काठमाडौँ। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको प्राथमिक निष्काशन (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले गत माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ बिक्रि खुला गरेको थियो।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा आज माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी