काठमाडौँ। आज नेपाली सेयर बजार सामान्य अंकले घटेको छ। बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) २.१७ अंक अर्थात ०.११ प्रतिशतले घटेर १८९४.५३ बिन्दूमा झरेको हो।
आज मंगलबार २९० वटा स्क्रिप कारोबारमा आएका छन। जसमध्ये १०२ वटाको शेयर मूल्य बढेको छ। १२६ वटाको शेयर मूल्य घटेको छ भने ११ वटाको मूल्यमा कुनै परिर्वतन भएको छैन।
उक्त संख्याका स्क्रिपको ४७ लाख २७ हजार ९०२ कित्ताको किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सार्वधिक धेरै कमाउने १० कम्पनीहरुः
बजार घटेतापनि केही कम्पनीको शेयर मूल्यमा भने वृृद्धि भएको छ। बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट नै लागेको हो। यो कम्पनीको शेयर मूल्य आज ३५.८० रुपैयाँ अर्थात ९.९७ प्रतिशतले बढेको हो। यो सँगै कम्पनीको अन्तिम कारोबार मूल्य ३९४.८० रुपैयाँ कायम भएको छ।
त्यसैगरी मन्दाकीनि हाईड्रोपार र तारगाउँ रिजेन्सी होटललको शेयर मूल्यमा ८ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ। त्यस्तै अभियान लघुवित्त, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मकर जितुमाया सुरी हाईड्रोपावरको शेयर मूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ।
मन्छीयामा हाईड्रो, तेह्रथुम पावर, मेगा म्युच्यअल फण्ड–१ र मनकामना इन्जिनियरीङ हाईड्रोको शेयर मूल्यमा वृद्धि भएको हो।
प्रतिक्रिया