काठमाडौँ। सेयर बजारमा आज (आईतबार) २६.३६ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ को बिन्दुमा कायम भएको हो ।
आज ३ सय ४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता शेयर ९८ हजार ६ सय ३२ पटक कारोबार हुदाँ रू ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन आज घटेको बजार एक कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो एक कम्पनि बाहेक ९ प्रतिशत भन्दा बढीले बढ्ने ७ वटा कम्पनी रहेका छन्। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेड, धौलागिरी लघुवित्त बिटिया संस्था लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, माथिल्लो माइलुन खोला हाइड्रोपावर लिमिटेड र बिन्ध्यभाषिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।
त्यस्तै ६ प्रतिशत घट्ने ३ वटा कम्पनी रहेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र शुभम पावर लिमिटेडको शेयर मूल्य ६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया