काठमाडौँ। सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अंकले बढेर २११९.६१ बिन्दुमा बन्द भएको हो।
आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर १ लाख १७ हजार ५९ पटक किनबेच हुँदा रु ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँ बराबरको कारोबार भएको छ।
सेयर बजारमा ३ कम्पनीले भने सकरात्मक सर्किट हानेको छ । रवा इनर्जी डेभलपमेन्ट लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेड कम्पनिको सेयरमा आज सर्किट लागेको हो ।
प्रतिक्रिया