काठमाडौँ। आज सोमबार सेयर बजार १४.५७ अंकले बढेको छ। शेयर बजार १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३१० सय कम्पनीको ५६ हजार ७७५ पटक भएको कारोबारमा ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये नेपाल टेलिकम र पिपुल्स पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै जोशी हाइड्रोको शेयर मूल्य ९.९६ प्रतिशत तथा गुराँस लघुवित्त ७.९६ प्रतिशत बढेको छ ।
कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् ।
आज कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया