काठमाडौँ। आज आइतबार साताको पहिलो दिन सेयर बजार ११.७८ अंकले घटेको छ। शेयर बजार ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा आएर बन्द भएको हो।
यसदिन ३०९ कम्पनीको ४५ हजार ४४२ पटक भएको कारोबारमा ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन ६७ कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्यस्तै, आज एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य ८.४५ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्तको शेयरमूल्य ७.८० प्रतिशत बढेको छ। पछिल्ला कारोबार दिनहरुमा निरन्तरजसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य भने यस दिन ५.६९ प्रतिशत बढेको छ। यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७।४९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ८ करोड नाघेको छ।
प्रतिक्रिया