काठमाडौँ। आज आइतबार सेयर बजार १४.३३ अंकले बढेको छ । शेयर बजार १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा आएर बन्द भएको हो ।
आज ३०८ कम्पनीको ४८ हजार १८३ पटक भएको कारोबारमा ६८ लाख ७८ हजार १५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १८० कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको स्थिर रहेको छ ।
आज पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, आज प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र बेष्ट फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रिभरफल्स पावरको शेयरमूल्य आज सर्वाधिक ४.६३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज १३ करोड ५ लाख रुपैयाँब राबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज मल्टीपर्पस फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने पिपुल्स पावरको करिब १० करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया