काठमाडौँ। नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउँदा खुद नाफामा १३.४३ प्रतिशतले वृद्धि गरेको छ। कोषले समिक्षा अवधिमा ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको हो। जबकी गत वर्ष यसले ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र कमिसनबाट हुने आम्दानी बढ्दा कोषको नाफामा सुधार आएको हो ।
३० करोड ५० लाख रहेको ब्याजबाट हुने आम्दानी बढेर ३५ करोड ३२ लाख पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी १ अर्ब ४ करोड पुगेको छ । ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ जम्मा छ । चैतसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २२.१४ रुपैयाँ छ । यता, प्रतिसेयर नेटवर्थ भने १७१.४१ रुपैयाँ छ ।
प्रतिक्रिया