काठमाडौँ। सोल्टी होटलको नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मात्रैम् १.०८ प्रतिशतले बढी हो। गत वर्षमा कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म सोल्टीले व्यवसायबाट मात्रै १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा १.३८ प्रतिशतले बढी हो। गत वर्ष होटलले अर्ब ५ करोड करोड रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख गरेको छ।
यो त्रैमासमा होटलको सञ्चालन आम्दानी पनि ४६ करोड रुपैयाँबाट बढेर ५१ करोड २७ लाख रुपैयाँमा भएको छ । पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको व्यवसायिक आम्दानीमा वृद्धि भएकोले नाफा बढ्न पुगेको छ ।
हाल यसको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३५ करोड रुपैयाँ छ । सोल्टी होटलको प्रतिसेयर आम्दानी थोरै बढेर ४ रुपैयाँ ४४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा रहेको थियो।
प्रतिक्रिया