काठमाडौँ। एन आई सी एशिया क्यापिटल तथा बैंकबाट डिम्याट खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने भएको छ। क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियान अन्तर्गत जेठ १ गतेदेखि असार मसान्तसम्म निःशुल्क डिम्याट खाता निशुल्क गरेको हो। यो योजना अन्तर्गत खाता खोल्दा १ वर्षसम्म कुनै पनि शुल्क लाग्ने छैन।
क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”अभियान संचालन गरी एन आई सी एशिया बैंकको सम्पूर्ण शाखाकार्यालयहरुबाट निक्षेप सदस्यअन्तर्गतका सेवाहरु प्रदानगर्दै आइरहेको छ ।
उक्त अभियानमार्फत देशको दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँचविस्तार गर्ने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखाकार्यालयहरु, एन आई सी एशियाअनलाईन डिम्याट सेवा र एन आई सी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविद्या प्रवाह भईरहेको क्यापिटलले जनाएको छ।
एन आई सी एशिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरीआम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा लाईनमा होईन अनलाईनमा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिनमिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेभसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने व्यहोरा सहर्ष जानकारी गराउंदछौं ।
प्रतिक्रिया