वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौद्रिक नीति समीक्षाः लगानीकर्तामा छाएन खुसि

अर्थलगानी
२०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौँ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले पनि शेयर बजार लगानीकर्तालाई उत्साहित बनाउन सकेन। आज शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनीक गरेसँगै लगानीकर्ताहरुले बजारलाई सम्बोधन गर्ने गरि नीति नआएको आलोचना गरेका हुन्।

मुलुकले मन्दीको सामना गरिरहेको अवस्थामा आएको मौद्रिक नीति केही खुकुलो हुने अपेक्षामा सबै सरोकारवालाहरु थिए, त्यसमा शेयर बजारका लगानीकर्ताहरु पनि। अन्य क्षेत्रलाई केही सम्बोधन गरेर नीति आएपनि शेयर बजारप्रति भने अनुदार रहेको लगानीकर्ताहरु बताउँछन्। लगानीकर्ता राधा पोखरेलले शेयर लगानीकर्ताको लागि मौद्रिक नीति आउनु र नआउनु एउटै रहेको आशय व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, सन्दर्भः सेयर बजारका लागि मौद्रिक नितिको त्रैमासिक समिक्षाः कागलाई बेल पाक्यौं, हर्ष न बिष्मात’

आर्थिक वर्ष २०८०–८१ तेस्रो त्रैमासको मौद्रिक नीति समिक्षामा नीतिगत दर, ब्याजदर करिडोर, बैंकदर, विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई पुरानै रुपमा निरन्तरता दिएको छ।

यता अटो तथा बैंकिङ्ग क्षेत्रलाई केही राहत हुनेगरी हायर पर्चेज कर्जाको जोखिमभार घटाईएको छ। असल वर्गको नोक्सानी व्यवस्था बापत राख्नुपर्ने हिस्सा कम गरिएको छ। लगायत केही अन्य क्षेत्रलाई कहिकतै सम्बोधन गर्दा शेयर बजारलाई प्रत्यक्ष लाभ हुने गरि भने कुनै किसिमको नीति लिएको छैन।
यता, लगानीकर्ताले शेयर धितो कर्जाको क्याप हटाउनुपर्ने र जोखिम भार घटाउनुपर्ने लगायतका मागहरु गर्दै आईरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी