काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले विभिन्न शेयरधनिहरुको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामीमाफर्त बिक्रीमा राखेको हो।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आजदेखि जेठ २३ गतेसम्म आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९ सय रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया