काठमाडौँ। चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा घाटा व्यहोरेको नेपाल पुर्नबीमा कम्पनी दोस्रो त्रैमासमा आउँदा नाफामा गएको छ। नेपाल रिले दोस्रो त्रैमाससम्म आईपुग्दा ३३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ। जबकी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको थियो।
कम्पनीले गत वर्षको पहिलो त्रैमासमा १८ करोड ८९ लाख र दोस्रो त्रैमासमा २९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा यो दोस्रो त्रैमासको कम्पनीको नाफा १५.४९ प्रतिशत बढी हो।
बीमा कम्पनीहरुको व्यावसायमा आएको वृद्धिका कारण कम्पनीको कम्पनीको खुद बिमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफालाई सहयोग पुर्याएको देखिन्छ। कम्पनीले यो अवधिसम्ममा दोस्रो त्रैमाससम्म समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। पहिलो त्रैमासको तुलनामा केही वुद्धि देखिए तापनि अघिल्लो वर्षको तुलनामा कमी हो । अघिल्लो यही अवधिसम्मको तुलनामा १०।५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो।
चालू आवको दोस्रो त्रैमासमा स्पेसल रिजर्भमा ४अर्ब २४करोड ४८ लाख रुपैयाँ ,महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ४८लाख रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४० लाख रुपैयाँ छ।
प्रतिक्रिया