काठमाडौँ। आज सोमबार सेयर बजार ३.९३ अंकले बढेको छ । शेयर बजार ३.९३ अंकले बढेर २११३.२७ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१७ कम्पनीको ५८ हजार ४८३ पटक भएको कारोबारमा ९३ लाख ३० हजार २९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
नेप्से सामान्य अंक बढेपनि आज दुई स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज कालिञ्चोक दर्शनको शेयरमूल्य ९.७९ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्यक करिब साढे ८ प्रतिशत बढेको छ। आज बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्राक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया