वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिरख्वा हाईड्रोपावरले बोलायो साधारणसभा

अर्थलगानी
२०८१ जेष्ठ २८, सोमबार

काठमाडौँ। चिरख्वा हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गतेका लागि सभा डाकेको हो । सभा काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने छ।

उक्त सभामा कम्पन्रीको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समसामायिक थप संशोधन गर्ने जस्ता विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी