वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने, विक्रीप्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

अर्थलगानी
२०८१ असार १७, सोमबार

एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।

काठमाडौँ। बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्व–साधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी