काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गर्न लागेको हो।
यस आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी रु. ८० करोड बराबरको प्रति शेयर रु. १०० अंकित दरको ८० लाख कित्ता साधारण शेयरको १ः१.५ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ १.५ कित्ता साधारण शेयर) को अनुपातमा रु. १ अर्ब २० करोड बराबरको प्रति शेयर रु. १०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिभन्दा अघिल्लो कारोवार दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा भएको कारोवारबाट कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाउनेछन्। सम्बन्धित सबै शेयरधनीहरु तथा शेयर खरिकर्ताहरुले सोही अनुसार शेयर नामसारी गर्नुहुन समेत आग्रह गरेका छन्।
प्रतिक्रिया