वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफले वितरण गर्याे १० प्रतिशत बोनस शेयर

अर्थलगानी
२०८१ असार २१, शुक्रबार

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारणसभाबाट पारित गरेको १०.२६ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।

धितोपत्र दोस्रो बजारमा असार १६ गते बोनस शेयर बापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् । वैशाख ६ गतेसम्म शेयर धितो बन्धक राखि कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस शेयर प्राप्त गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी