वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मैलुङ खोला जलविद्युतको साढे २९ लाख कित्ता सेयरको लक इन अवधि सकिदै

अर्थलगानी
२०८१ असार २१, शुक्रबार

काठमाडौँ। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लक इन समयावधि साउनमा सकिन लागेको छ। कम्पनीको कुल २९ लाख कित्ता बढी सेयरको लक इन अवधि साउन २६ गते सकिने लागेको हो।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दा तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीको २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको ३ लाख ६८ हजार १४४ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको १४ हजार ७२६ कित्ता गरी कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले २०७४ जेठ १७ गतेदेखि जेठ ३१ गतेसम्म स्थानिय बासिन्दाका लागि र २०७८ साउन १४ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत)का लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन २६ गते बाँडफाँड गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी