वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन विकास लघुवित्तको करिब एक करोड कित्ता सेयरको लक इन अवधि समाप्त

अर्थलगानी
२०८१ असार २३, आईतवार

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब एक करोड कित्ता शेयरको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ९१ लाख ६३ हजार १२८.५२ कित्ता शेयरको लकइन अवधि सकिएको हो।

लघुवित्तको असार २२ गते संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर (बोनस समेत)को लक इन अवधि समाप्त भएको हो ।

कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ९१ लाख ६३ हजार १२८.५२ कित्ता सेयरको लक इन अवधि सकिएको छ।

कम्पनीले आम सर्वसाधारणका लागि २०७८ असार ११ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सोही वर्षको असार २३ गते बाँडफाँड गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

संस्थाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको ३ वर्ष आगामी असार २२ गते समाप्त भएकाले उक्त अवधिभर लक इनमा रहेका संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी