वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रिमा

अर्थलगानी
२०८१ असार २५, मंगलवार

काठमाडौँ। सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। केही शेयरधनिहरुले आफ्नो स्वामीत्वमा रहेको शेयर बिक्रि गर्न चाहेपछि कम्पनीले प्रकृया पुर्याइ बिक्रिमा ल्याएको हो।

टेलि डाईरेक्ट प्रा.लि. को स्वामित्वमा रहेको १ ाख ५७ हजार २५८ कित्ता शेयर कम्पनीले विधमान संस्थापक शेयरधनिहरुका लागि बिक्रिमा ल्याएको हो। इच्छुक संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि ३५ दिन भित्र आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली ११, काठमाण्डौंमा कार्यालय समय भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरि रितपूर्वकको शिलबन्दी बोलपत्र
आव्हान गरिएको छ ।

संस्थापक शेयर खरिद गरिलिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति–संस्थालाई बिक्रि गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी