वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईसिएफसि फाइनान्सले माग्यो ऋणपत्र निष्काशनको अनुमति

अर्थलगानी
२०८१ असार २६, बुधबार

काठमाडौँ। आईसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ। फाइनान्सले ऋणपत्र निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको हो।

कम्पनीले १ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३ लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गरेको छ।

कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता सार्वजनिक निष्कासन गरिनेछ । कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले गत जेठ २८ गते नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासनका लागि स्वीकृती पाईसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी