काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैंकले पहिलोपटक संस्थापक सेयरधनीको लागि बिक्रिमा ल्याएको उक्त सेयरमा आवेदन नपरेपछि व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुका लागि बिक्रिमा ल्याएको हो। बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्त सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने बैंकले जनाएको छ ।
ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
२०८१ असार २६, बुधबार

प्रतिक्रिया