काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ। विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर लघुवित्तले बिक्रीमा राखेको हो ।
यो सेयर आम सर्वसाधारण तथा कम्पनीहरु खरिद गर्न सक्छन्। किनकि यो शेयर विद्यमान शेयरधनिलाई प्राथमिकतामा राख्दै यसअघि गत कात्तिक २३ गते ३५ दिने सूचना जारी गरि बिक्रीमा ल्याईएको थियो तर बिक्रि नभएपनि सर्वसाधारणमा बिक्रिमा ल्याईएको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपा साँगामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य २९९ रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया