काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १०.७१ विन्दुले बढेर २१६२.८६ अंकमा पुगेको छ। यस सेसनमा ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जसमा ६३ कम्पनीका ७ हजार ८५१ कित्ता सेयर कारोबार भए। कुल ४० कम्पनीको भाउ बढेको छ भने २० कम्पनीको भाउ घटेको छ। बाँकी कम्पनीहरूको भाउ स्थिर रहेको छ। यो सेसनमा कुल १०७ वटा कारोबार भएका छन्।
प्रतिक्रिया