वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सपोर्ट लघुवित्तको बोनस सेयरधनीहरुको डिम्याट खातामा जम्मा

अर्थलगानी
२०८१ असार २७, बिहीबार

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनिको डिम्याट खातामा जम्मा गरेको जनाएको छ। लघुवित्तले गत आव २०७९–८० का लागि पारित बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको हो।

संस्थाले गत चैत १७ गते नवौं वार्षिक साधारण सभा गरेको थियो। सभाबाट पारित भएको १३ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा हो। अब यो शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुनेछ।

संस्थाले गत पुस १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरिएको उल्लेख गरेको छ । उक्त मितिपश्चात सेयर अभौकिकीकरण गराएकाको हकमा भने क्रमशःउक्त बोनस सेयर डिम्याट खातामा जम्मा गरिने व्यवस्था संस्थाले गरेको छ ।

साथै गत पुस १५ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी