काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक-इन अवधि असार २७ गते समाप्त भएको छ। संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेको १० लाख १५ हजार ४५९.९६ कित्ता सेयर अब दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ। २०७८ असारमा आईपीओ जारी गरेको कम्पनीले लक-इन समाप्त भएपछि सेयर कारोबार खुला गरेको छ। कम्पनीका उच्च तहका कर्मचारी र सञ्चालक सदस्यहरूलाई भने सेयर खरिदबिक्री गर्न नपाउने नियम लागू भएको छ।
कम्पनीले २०७८ असार १७ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारण९कर्मचारी समेत० लाई आईपीआो निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७८ असार २८ गते बाँडफाँड गरिएको थियो ।
प्रतिक्रिया