काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरमा ३५ दिने सूचना पश्चात् केही मात्र आवेदन परेकाले बाँकी सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ। इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया