वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राख्यो

अर्थलगानी
२०८१ असार २८, शुक्रबार

काठमाडौँ। ज्योति विकास बैंक लिमिटेडले आजदेखि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले जारी गरेको सूचना अनुसार, यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र उपलब्ध हुनेछ। सेयर संख्या भने खुलाइएको छैन।

इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौँको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सकिनेछ। उक्त समयावधिभित्र कुनै आवेदन नआएमा, अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी