काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन तथा बिक्रि खुला गरेको छ। लघुवित्तले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन गरेको हो।
साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गर्ने निर्णय गरेको थियो।
राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको जनाएको छ ।
यसका लागि लगानीकर्ताले छिटोमा साउन ८ गते र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्युनतम १०कित्ताको लागि आवेदन दिनुपर्ने छ। एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘केयर एनपी बीबी (आइएस)बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
प्रतिक्रिया