काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले ४ लाख भन्दा बढी संस्थापक शेयर बिक्रिमा ल्याएको छ। केही संस्थापक धेयरधनिको स्वामित्वमा रहेको रहेकर उनीहरुले बिक्रि गर्न चाहेपछि बैंकले पक्रिया पुर्याई बिक्रिमा ल्याएको हो। बैंकका अनुसार कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याईएको छ।
यो सेयर हाल कायम बैंकका संस्थापक शेयरधनिले मात्रै खरिद गर्न पाउनेछन्। बैंकले यो पहिलोपटक ३५ दिने सूचना जारि गरेको हो। यो अवधिमा संस्थापक शेयरधनिले शेयर खरिद नगरेमा बैंकले अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रतिक्रिया