वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कतिपर्याे वोमी लघुवित्तको थप निष्काशनमा आवेदन?

अर्थलगानी
२०८१ श्रावण ६, आईतवार

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदकहरुको उत्साहजनक उपस्थिति दखिएको छ। लघुवित्तको आइपीओमा पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको हो।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मागभन्दा १०५.४० गुणा बढी आवेदन परिसकेको छ ।

साउन ४ गतेदेखि निष्काशन गरेको एफपीओमा लगानीकर्ताले साउन ८ गते अर्थात यही मंगलबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी