वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कहिलेबाट दिन पाईन्छ आँखुखोला जलविद्युत कम्पनीको हकप्रदमा आवेदन

अर्थलगानी
२०८१ श्रावण ९, बुधबार

काठमाडौँ। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्रि खुला गर्न लागेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१.५ अनुपातमा सय अंकित दरका १ करोड २० लाख कित्ता शेयर हकप्रद बिक्रि गर्न लागेको हो।

यो हकप्रदमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिनको लागि असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनि मात्रै योग्य रहनेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्यालउ धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते स्वीकृति पाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी