काठमाडौँ। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रिमा ल्याएको छ। कम्पनीले केही शयेरधनिहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रि गर्न चाहेपछि पक्रिया पुर्याइ बिक्रिमा ल्याएको हो।
कम्पनीले आजदेखि २९ हजार ४८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यसमा अहिलेलाई भने संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउँनेछन्। शेयर खरिद गर्न चाहने कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आजको मितिले ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
निर्धारत समयभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेलदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया