वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्याेदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड हुने मिति तय

अर्थलगानी
२०८१ श्रावण १४, सोमबार

काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको एफपीओ साउन १६ गते बुधबार बिहान ८ बजे बाँडफाँट गर्ने भएको हो।

कम्पनीको एफपीओमा अन्तिम दिनसम्म ५१०.१३ गुणाबढी आवेदन परेको थियो। कम्पनीको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

जसमा १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । जसमा ४ हजार ६७२ जनाले १०र१० कित्ताका दरले सेयर पाउने छन् । सोहि मध्येका भाग्यमानी ९ जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्ने छन् । त्यस्तै, आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ ।

कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ७२ हजार ९५४।५० रुपैयाँ बराबरको ४६ हजार ७२९।५४५० कित्ता एफपीओ निष्काशन गरेको हो।

कम्पनीको एफपीओलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी  बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९।६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्‍याउने उद्धेश्यले एफपीओ निष्काशन गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी