वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साउन अन्तिम साता सकिदै साविक सानिमा लाइफको १.४३ करोड कित्ता सेयरको लक इन

अर्थलगानी
२०८१ श्रावण १६, बुधबार

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी (साविम सानिमा लाईफ) को लक इन समयावधि आगामी साउन २९ गते सकिने लागेको छ। कम्पनीका अनुसार यसको १ करोड ४३ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ४० लाख कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख कित्ता गरी कुल १ करोड ४३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ साल साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन ३० गते बाँडफाँड भएको थियो। धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी