वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एन आई सी एशिया क्यापिटलले सार्वजनीक गर्याे “फाइदा या फिर्ता”अफर, के के छन् सुविद्या?

अर्थलगानी
२०८१ श्रावण १६, बुधबार

काठमाडौँ। एन आई सी एशिया क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा सेवाअन्तर्गत “फाइदा वा र्फिता’ अफर सार्वजनीक गरेको छ। क्यापिटलले “मेरो लगानी, मेरो भविष्य” नारा सहित विभिन्न ग्राहक मुखी योजना संचालन गर्ने क्रममा यो योजना सार्वजनीक गरेको हो।

क्यापिटलले लगानी व्यवस्थापन सेवालाई अझ परिस्कृत र ग्राहकमुखी बनाउने मुख्य उद्देश्यका साथ नयाँ आर्थिक वर्ष २०८१÷८२ लाई लक्षित गरी लगानी व्यवस्थापन सेवा अन्तर्गत “फाइदा या फिर्ता”अफर सार्वजनिक गरेको जनाएको हो।

उक्त अफर अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुको सेवा लिँदा क्यापिटललाई बुझाउनु पर्ने सेवा शुल्क सम्बन्धित लगानी व्यवस्थापन सेवालिने ग्राहकको पोर्टफोलियो आर्थिक वर्ष अन्त्यमा बृद्धि गराउन नसकेको अवस्थामा लगानी व्यवस्थापन सेवाशुल्क बापत लिएको सम्पूर्ण रकम सम्बन्धित ग्राहकलाई नै फिर्ता भुक्तानी गर्ने जनाएको छ।

“फाइदा या फिर्ता”अन्तर्गत्का प्रमुख विशेषताहरूः
-न्यूनतमलगानीः रु.१० लाख
-अवधिः ३ वर्ष
-वार्षिक सेवाशुल्कः १.५% (आपसिसमझदारीमा)
-Performanceशुल्कः १०%
-Exit शुल्कः ०%
-सर्त: सम्झौताअनुसारको समय अवधिभन्दापहिला एक्जिट भएको अवस्थामाप्राप्त सेवाशुल्कफिर्ता भुक्तानीगरिने छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी