काठमाडौँ। लक्ष्मी सन्राइज बैंक लिमिटेडकोष प्रवद्र्धक तथालक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको लाभांश घोषणा भएको छ। आर्थिक २०८०÷८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापले “लक्ष्मी उन्नती कोष” का इकाईधनीहरुलाई कर सहित ७.५ प्रतिशत र र “लक्ष्मी भ्यालु फण्ड २” काइका ईधनीहरुलाई कर सहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।
साथै “शुभलक्ष्मी कोष”नामक खुलामुखी योजनाका लागानीकर्ताले कर सहित ७.५% प्रतिफल प्राप्त गर्नेछन्। “शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाकाइकाईधनीहरुले आफुले प्राप्तगर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्ककट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनःलगानी योजना मार्फत उक्त रकमले हुन आउने थपइकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागीहुन आफ्नो नामदर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राहीखातामा यथासिघ्र इकाईहरु पठाईने क्यापिटलले जनाएको छ।
प्रतिक्रिया