वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल फाइनान्सको नाफा १०.०१ प्रतिशतले घट्यो

अर्थलगानी
२०८१ श्रावण २०, आईतवार

 

काठमाडौँ । नेपाल फाइनान्सको खुद नाफा १०.०१ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८०\८१ को अन्त्यसम्ममा फाइनान्सले १ करोड ८१ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यो रकम २ करोड १ लाख रुपैयाँ थियो।

हाल फाइनान्सको चुक्ता पूँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ। खुद फि र कमिशन आम्दानी ७७।९२ प्रतिशतले बढेर १ करोड २७ लाख ८२ हजार रुपैयाँ भएको छ।

फाइनान्सको प्रतिशेयर आम्दानी घटेर २ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेको छ। निष्क्रिय कर्जा अनुपात १२।१६ प्रतिशतबाट घटेर ९.११ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी