काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक समूहको सेयर लिलामीमा राखेको छ। यो अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।
बोलपत्र पेश गर्न इच्छुक संस्थापक सेयरधनी, व्यक्ति, संस्था, वा कम्पनीले साउन २९ देखि भदौ ६ गतेसम्म आवेदन दिन सक्नेछन्।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण सेयर संख्याका लागि बोलपत्र पेश गर्न सकिन्छ। ग्लोबल आइएमई बैंकका विभिन्न शाखाहरू र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकका रूपमा रहेका छन्, जहाँबाट लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछन्।
प्रतिक्रिया